एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले फेसबुकमा एउटा स्टाटस लेखेका थिए । बालुवा पेलेर तेल निकाल्ने प्रयास भैरहेको छ । संबैधानिक राजनीतिक संवाद समितिका संयोजक समेत रहेका भट्टराईले दिएको यस्तो अभिब्यक्तिले पक्कै पनि मुलुकमा संकट पैदा हुने देखिएको छ । दोस्रो संविधान सभाको चुनाव भन्दा जसरी भएपनि प्रक्रियाका आधारमा एक बर्षभित्र संविधान जारी गर्ने घोषणा गरेका दलहरुले अहिले बाचा बिर्सेको देखिन्छ ।
मंसिर ४ गत्ते दोस्रो संविधान सभाको चुनाव पश्चात बाचा गरेको अर्को कालखण्डको एक बर्षे योजना हो । विगतजस्तै यतीवेला पनि राजनीतिक दलहरुका बीचमा दरार पैदा हुँदै गएको छ ।
सार्क शिखर सम्मेलनमा नेपालको भद्रगोल अवस्था बाहिर नआओस भन्दै कतिपय दलहरु चुप्प बसेका भएपनि शिखर सम्मेलन पश्चात दलहरुवीच निकै ठूलो दुरी बढ्ने खतरा देखिएको छ । अहिलेपनि संघियता राज्य पुर्न संरचना र शासकीय स्वरुप लगायतका बिषयहरुमा आपसी मतभेद कायमै रहेको छ । प्रक्रियामा गएपनि पनि सहजता खोज्ने अभियान बोकेका सत्तापक्ष काँगे्रस एमालेललाई समेत यतीवेला समस्या उत्पन्न भएको छ ।
संविधान सभाको बैठक समेत पुरानै प्रवृती अनुसार बस्न नसक्ने अवस्था सृजना हुँदै गएको छ । यस्ता धेरै कारणहरुले पुनः मुलुक दुर्घटनातर्फ जाने खतरा बढेका बेला दलहरुमा चेतना पलाउन कता हो कता । आस्था वर्ग र क्षेत्रीयताको आधारमा एक आपसमा बिभाजन देखिन थालेको छ ।








